जीवन विकास लघुवित्त र नेपाल टेलिकमको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१० चैत्र २०७८, बिहीबार १०:१०

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १० गते) अन्तिम दिन रहेको छ ।

जीवन विकास लघुवित्त
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्ने भएकाले भोलि (चैत १० गते) सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत २५ गते बिहान १०ः३० बजे कम्पनीको केन्द्रिय कार्यालय कटहरी २ मोरङगमा बस्ने गरी वार्षिक साधारण सभा बोलाएको छ ।

साथै, उक्त सभाले गत आर्थिक वर्ष वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । त्यस्तै, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालन निर्वाचन गर्ने, संस्थाको अधिकृत पूँजी १ अर्बबाट वृद्धि गरी २ अर्ब पुराउने र बोनस शेयर जारी गरे पश्चात वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (क), ६ (ख) र ६ (ग) मा संशोधन गर्ने प्रस्ताव समेत कार्य सूचिमा समावेश गरीएको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने भएकाले भोलि (चैत १० गते) सम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २० प्रतिशत नगद लाभांँश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले चैत २४ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

साथै सोही सभाले आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपरल छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*