नेपाल फाईनान्सको २९ औं साधारण सभा बैशाख ३ गते, यस्ता छन् एजेण्डा

१० चैत्र २०७८, बिहीबार १०:३५

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले २९ औं वार्षिक साधारण सभा बैशाख ३ गतेका लागि बोलाएको छ । कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा सो दिन बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा १ जनाको निर्वाचन गर्ने कार्यसूचि रहेको छ ।

सभाको विशेष प्रस्तावमा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि तय भएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*