पोखरा फाइनान्सको ८ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

१० चैत्र २०७८, बिहीबार १०:४४

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले शेयरधनीको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले उक्त बोनस नेपाल स्टक एक्सचेञ्ज र सिडीएस एण्ड क्लियरिङमा सचीकृत तथा दर्ता भई कारोबार योग्य भएका अभौतिक रुपमा कारोबार हुने जनाएको हो ।

कम्पनीले गत पुस ३० गते सम्पन्न २५औं साधारण सभाबाट पारित ८ दशमलव ०७५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले पुस २१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको हुदाँ सो मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने बताएको छ ।

कम्पनीको शेयर रजिष्ट्रारका रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*