नारायणी डेभलपमेन्ट बैंकले अवतरित हकप्रद शेयर आजदेखि लिलाम बढाबढमार्फत बिक्री गर्दै

१० चैत्र २०७८, बिहीबार १०:५५

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले चैत १० गते (आज) देखि संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत् बिक्री गर्न लागेको हो ।

नारायणी डेभलपमेन्ट बैंकले पुष ९ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक समूहतर्फ १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहतर्फ १३ हजार ६५१ कित्ता शेयर गरी कुल १ लाख ४५ हजार ६४९ कित्ता शेयरको लागि आवेदन नपरेकाले उक्त शेयरका लागि लिलाम बढाबढ मार्फत् गोप्य शिलबन्दी बोलपत्र पेश आह्वान गरेको हो ।

इच्छुक लगानीकर्ताले चैत १० गतेदेखि चैत १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त बोलपत्र कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल काठमाडौंका साथै ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरु विर्तामोड, विराटनगर, जनकपुर, आदर्शनगर विरगंज, हेटौंडा, नारायणगढ, न्यूरोड, पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरबाट बोलपत्र पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*