प्रभु बैंकले ८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१४ चैत्र २०७८, सोमबार १०:५८

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ८ लाख १६ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीको संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेन्ट प्रालिले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । यस अघि उक्त शेयर खरिद गर्नेका लागि विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिदैं बिक्री खुल्ला गरेकोमा तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री खुलाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति १५ दिन भित्र बैंकको बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*