र्याडिसन होटल सहित ४ होटलसँग सानिमा बैंकको छुटसम्बन्धी सम्झौता, कुन होटलमा कति छुट ?

१४ चैत्र २०७८, सोमबार ११:२६

काठमाडौं । सानिमा बैंक लिमिटेडले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफूट काठमाडौंसँग होटलको सेवाहरुमा छुटदिने सम्बन्धमा सम्झौता गरेको छ ।

सम्झौतापश्चात बैंकका ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिड।क्रेडिट) र सानिमा सजिलो इबैकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा र्याडिसन होटलमा १० प्रतिशत छुट, द एभरेष्ट होटलमा १५ प्रतिशत, होटल अकामामा २० प्रतिशत र अलफट् काठमाडौं ठमेलमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । यी होटलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुनेछन् ।

सानिमा बैंकले देशको सातै प्रदेशको १२६ वटा कार्यालय तथा ११४ वटा एटिएमबाट बैकिङ्ग सेवा सुविधा दिदै आइरहेको छ । साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*