उन्नति सहकार्य लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर

१४ चैत्र २०७८, सोमबार १२:१८

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ठूलो संख्यामा कर्मचारी मागेको हो ।

कम्पनीले बरिष्ठ प्रबन्धक/सिए (बरिष्ठ प्रबन्धक), प्रबन्धक/सिए (प्रबन्धक), सहायक प्रबन्धक, अधिकृत, अधिकृत/कनिष्ठ अधिकृत (आईटि), कनिष्ठ अधिकृत, बरिष्ठ सहायक प्रशिक्षार्थी/बरिष्ठ सहायक, कनिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसइई उत्तिर्ण देखि स्नातकोत्तर तह उत्तिर्ण र विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभव भएको कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत १४ गते) ले १५ दिन भित्र वित्तीय संस्थाको केन्द्रिय कार्यालय वा ईमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*