वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी २ अर्बले बढ्यो

१४ चैत्र २०७८, सोमबार १२:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त कमर्सियल बैंकहरुको निक्षेप र कर्जा लगानी २ अर्ब रुपैयाँले बृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी २/२ अर्ब रुपैयाँले बढ्न पुगेको हो ।

चैत महिनाको दोस्रो सातासम्म वाणिज्य बैंकहरुले निक्षेप २ अर्ब रुपैयाँले बढाएर ४३ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप पुर्याएका छन् । साथै कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७० अर्ब रुपैयाँ पुर्याएका छन् ।

गत सातामात्रै बैंकहरुको निक्षेप संकलन ४३ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो भने कर्जा लगानी ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । चैतको दोस्रो सातासम्म वाणिज्य बैंकहरुको सिडी रेसियो ९१.१३ प्रतिशत पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*