नेष्डो लघुवित्तको आज कतिमा हुँदैछ शेयर कारोबार ?

१४ चैत्र २०७८, सोमबार १२:२७

काठमाडौं । नेष्डो सम्बृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर आज ९चैत १४ गते० पहिलो पटक दोश्रो बजारमा कारोबार भएको छ । हालै आईपीओ जारी गरेको संस्थाको पहिलो कारोबार प्रतिकित्ता ७४७।७० रुपैयाँमा भएको हो ।

यससँगै दोश्रो बजारमा संस्थाको सेयर मूल्य बढदो क्रममा रहेको छ । करिब २ घण्टाको अवधिमा संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता ७६२।६० रुपैयाँ पुगेको छ । जुन पहिलो कारोबार मूल्यको तुलनामा १४।९० रुपैयाँ अर्थात १।९९ प्रतिशतले बढी हो ।

नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम २६० रुपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसासम्म तोकेको थियो । सोही रेन्जभित्र रहेर नेष्डोको पहिलो कारोबार भएको हो । ‘एनइएसडीओ’ संकेतमा यसको कारोबार खुला भएको छ । नेष्डोको चुक्ता पुँजीका आधारमा कायम कुल २५ लाख ५० हजार कित्ता सेयर आइतबार सूचीकरण भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*