सांसदहरु चुनावी अभियानमा केन्द्रीत हुँदा अर्थ समितिको बैठक स्थगित

१४ चैत्र २०७८, सोमबार १२:३९

काठमाडौं । आज हुने भनिएको अर्थ समितिको बैठक स्थगित भएको छ ।सांसदहरू उपस्थित नहुँदा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको हो ।सोमबार बिहान १०ः३० देखि बस्नेगरी समिति बैठक बोलाईएको थियो । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल तय भएको थियो ।

सांसदहरु चुनावी अभियानमा केन्द्रीत भएकाले बैठकमा अनुपस्थित रहेको बताइएको छ । अर्थ समिति सचिव सुरेन्द्र भण्डारीले अब अर्थ समिति बैठक नै अनिश्चित भएको बताए । उनका अनुसार अब स्थानीय तह निर्वाचनपछि मात्रै बस्न सक्ने देखिएको छ । तर पनि पूर्वबजेट छलफल भएको छ । आज त पूर्ण बैठक नै डाकिएको हो, तर बैठक सञ्चालन निम्ति कोरम नपुगेको कारण स्थगित भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*