टक्सार पिखुवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

१४ चैत्र २०७८, सोमबार १६:१९

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनी आईपीओ निष्कासन गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा तथा शेयर निष्कासनमा नियुक्त गरेको हो ।

नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हाइड्रोपावरका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले आइतबार हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पुँजीको ४४ प्रतिशत अर्थात ४७ करोड ५२ लाख रुपैयाँ बराबरको ४७ लाख ५२ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर आयोजना प्रभावित स्थानीय, सर्वसाधारण, कम्पनीका कर्मचारी तथा सामूहिक लगानी कोषका लागि निष्कासन हुनेछ । यस हाइड्रोपावरले आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी नै रहेको छ ।

कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकास्थित पिखुवा खोलामा टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । ८ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सम्पन्न गरी कम्पनीले गत वैशाख १ गतेदेखि नै विद्युतको व्यपारिक उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*