बुद्धनगर एग्रो फार्मले ५ कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी क्यापिटल

१४ चैत्र २०७८, सोमबार १६:५१

काठमाडौं । बुद्धनगर एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटललाई नियुक्ति गरेको हो ।

कम्पनीले १ सय अंकित दरमा ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारी सहित) जारी गर्ने भएको हो । बुद्धनगर एग्रो आईपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो ।

क्यापिटलले उक्त एग्रो फार्मलाई अन्य आवश्यक ब्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षेमा परामर्श सेवा समेत उपलब्ध गराउने सम्बन्धी समेत दुई पक्षिय सम्झौता भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*