तीन कम्पनीको बोनस शेयर सूचीकृत, कसको कति ?

१५ चैत्र २०७८, मंगलवार १२:१८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नबिल बैंक लिमिटेड, एक्सल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचीकृत भएको हो ।

नबिलको ३३.६० प्रतिशत दरको ४ करोड ६५ लाख १७ हजार ३५५ कित्ता, एक्सल डेमलपमेन्ट बैंकको १२ प्रतिशत दरको ९ लाख ७३ हजरा ३४५ कित्ता र स्वभिमान लघुवित्तको ३२.३० प्रतिशत दरको २ लाख ९७ हजार ३२१ कित्ता बोनस शेयर आज सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त शेयरहरु लगानीकर्ताले भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा खरिदबिक्री गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*