प्रोग्रेसिभ फाइनान्सको २५औं साधारण सभा भोलि बस्दै

१५ चैत्र २०७८, मंगलवार १३:३९

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडलको २५औं वार्षिक साधारण सभा भोलि (चैत १६ गते) बस्दैछ । सभा ज्यापू पज्ञा भवन भोलगणेश ललितपुर महानगरपालिका वडा न ९ ललितपुरको सो दिन १ बजे बस्ने गरी बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । साथै संचालक समितिबाट संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा भएको नियुक्ति गर्ने प्रस्ताव समेत कार्यसूचिमा रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*