आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

१५ चैत्र २०७८, मंगलवार १४:०४

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत १६ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोग गर्ने भएकाले चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्रप्ता र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत बोनय शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले चैत २७ गते बनेपा पार्टी भेन्यू बनेपा ८ काभ्रेपलाञ्चोक बिहान ११ बजे बस्ने गरी वार्षिक साधारण सभा बोलाएको छ ।

साथै सभाले संचालकहरुको भत्ता, सुविधा बृद्धि गर्ने, कुनै एक बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने गाभिने वा मर्जरमा जाने विषयलाई सशोधन गर्ने प्रस्तावहरु समेत सो सभाले पारित गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिेक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७७।०७८ अन्तिम सम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

साथै आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने साथै देउराली लघुवित्तलाई प्राप्ति गरेपश्चात संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक विनोद ज्ञवालीको अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*