१६ प्रतिशत लाभांश पारितका लागि गरिमा विकास बैंकको साधारण सभा आज बस्दै

१८ चैत्र २०७८, शुक्रबार ०९:०५

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा आज (चैत १८ गते) बस्दैछ । सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्न प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण प्रस्ताव समेत पारित गर्नछ । साथै उक्त सभाले यस बैंक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्न कार्यसूचि समेत रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका कम्पनीले चैत ४ गतेदेखि चैत १८ गतेसम्म बुक क्लोज गरेको हुदाँ चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*