रिभर फल्स पावरले चैत २७ गतेदेखि स्थानीयका लागि आईपीओ निष्कासन गर्ने

१८ चैत्र २०७८, शुक्रबार ०९:२३

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहररूका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन बन्द छिटोमा वैशाख ११ गते हुनेछ भने ढिलोमा वैशाख २६ गते हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*