स्वाभिमान लघुवित्तद्धारा बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

१८ चैत्र २०७८, शुक्रबार ०९:३७

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीको पुस ८ गते सम्पन्न पाँचौ साधारण सभाबाट पारित भएको ३२ दशमलव ३० प्रतिशत शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि मंसिर २३ गते बुक क्लोज गरेको हुदाँ मंसिर २२ गतेसम्म भौतिक शेयर धारण गरेका शेयरधनीको डिम्याट खातामा उक्त बोनस शेयर चैत १५ गते जम्मा गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर रजिष्ट्रारका रुपमा सिद्धार्थ क्यापिट लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*