गरिमा क्यापिटलकोे छैटौं साधारण सभा बैशाख ९ गते, के के छन् एजेण्डा ?

१८ चैत्र २०७८, शुक्रबार ११:४६

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा बैशाख ९ गतेका लागि बोलाएको छ । चैत १४ गते बसेको संचालक समितिको बैठकले सभा पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ काठमाडौंमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ दशमलव ६५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, उक्त सभाले कम्पनीको प्रवन्धपत्रको उद्देश्यहरु थप÷संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । त्यस्तै सभाले यस कम्पनी वैदेशिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी निर्णय तथा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित कार्यसूचि समेत समेटिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*