मेगा बैंकद्धारा १ लाख ४९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१८ चैत्र २०७८, शुक्रबार १५:३१

काठमाडौं । मेगा बैक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ४९ हजार २०१ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका १० जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका आवेदन दिए बमोजि संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*