आरटिजीएस प्रणाली शनिबार पनि सुचारु हुने

१८ चैत्र २०७८, शुक्रबार १८:०१

काठमाडौं । आरटिजीएस प्रणाली भोलि (चैत १९ गते) पनि सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना सार्वजनिक गर्दै आरटीजीएस प्रणाली शनिबार पनि सूचारु हुने जनाएको हो ।

राष्ट्र बैंकका अनुसार आरटिजीएस प्रणाली भोलि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ । केन्द्रिय बैंकले विकास ऋणपत्र २०८३ को बाह्रौँ किस्ताको अर्धवार्षिक ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली सूचारू राख्न निर्देशन दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*