बेगनास तालका २२० डुंगा व्यवसायीलाई सिभिल बैंकको क्युआर कोड

१९ चैत्र २०७८, शनिबार १७:०७

काठमाडौं । सिभिल बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लास्थित बेगनास तालका २२० डुंगा व्यवसायीलाई क्युआर कोड वितरण गरेको छ । बैंकले ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ नगदरहित अभियानलाई निरन्तरता दिँदै डुंगा व्यवसायीहरुलाई क्युआर कोड उपलब्ध गराएको हो ।

बैंकले आफ्नो ग्राहकहरूलाई क्युआर कोडको प्रयोग गरी विद्युतीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न व्यापार व्यवसायहरूमा क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरू ल्याउँदै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल पोखरेलले बताए ।

क्युआर कोड वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. राम शरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कडेंल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धि बहादुर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, चिफ विजनेस–डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ भोला बहादुर विष्ट, ब्रान्डिङ एण्ड कर्पोरेट कम्युनिकेशनका प्रमुख विजय राम कशजु, गण्डकी प्रदेशका प्रमुख समिर केसी, शिवचोक शाखा प्रबन्धक हरिकृष्ण अधिकारी, लेखनाथ शाखा प्रबन्धक नवराज दाहाल, फोनपेका एसिस्टेन्ट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा फोनपेका ब्राण्ड एम्बेसडर सन्दिप क्षेत्री लगायत सो क्षेत्रका व्यवसायीहरू र सर्वसाधरणको उपस्थिति थियो ।

बैंकले ११५ शाखाहरू कार्यालय, ११ एक्सटेन्सन काउन्टरहरू तथा ९७ एटिएमहरू मार्फत आफ्ना करिब ७ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*