एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खाता

२० चैत्र २०७८, आईतवार १०:२०

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बोनस शेयर शेयरधनीहरुका हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकको असोज १६ गते सम्पन्न १५ औं वाषिक साधारण सभाले पारित गरेको १२ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

भदौ ३१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरेको हो । साथै सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा भने क्रमश उक्त बोनस जम्मा गर्ने भएको हुदाँ हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले समय मै शेयर अभौतिकीकरण गर्ने बैंक अनुरोध गरेको छ ।

बैंकको शेयर रजिष्ट्रारको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*