बीमा अभिकर्तालाई सवारी साधन ऋण लिन पाउने बीमा समितिको निर्णय, नगद र घर जग्गा कर्जा नपाउने

२० चैत्र २०७८, आईतवार १३:३२

काठमाडौं । बीमा अभिकर्ताहरुको मागलाई अन्ततः बीमा समितिले आंशिक रुपमा सम्बोधन गरेको छ । समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई दोस्रो पटक संशोधन गर्दै बीमा अभिकर्ताहरुले आफू कार्यरत बीमक कम्पनीबाट ऋण लिन पाउने व्यवस्था गरेको हो ।

बीमा समितिले उक्त निर्देशिका यही चैत्र १३ गतेदेखि लागू हुने गरी संशोधन गर्दै घर तथा गाडी लिन नपाउने तर, प्रोत्साहन बापत सवारी साधन वा अन्य साधनहरु ऋणमा लिन पाउने बाटो चाही खुल्ला गरेको छ । त्यसको लागि बीमा अभिकर्ता बहालवाला हुनुपर्ने, बाहालवाला बीमा अभिकर्तालाई त्यस्तो ऋण दिँदा सञ्चालक समितिको स्वीकृत लिएर मात्रै दिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो बीमा अभिकर्ताहरुलाई प्रोत्साहन बापत प्रदान गरिने स्कीमहरु पनि सञ्चालक समितिको स्वीकृति लिई सञ्चालन गर्न पाइने भएको छ ।

दोस्रो पटक संशोधन गरिएको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको ४९ नम्बर बुँदामा सो सम्बन्धी व्यवस्था गरिएको हो ।

One thought on “बीमा अभिकर्तालाई सवारी साधन ऋण लिन पाउने बीमा समितिको निर्णय, नगद र घर जग्गा कर्जा नपाउने

  1. Shailendra bk says:

    policy holder le lina pauxa ki nai?

Leave a Reply to Shailendra bk Cancel reply

Your email address will not be published. Required fields are marked *


*