बाराही हाइड्रोपावरले ७ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

११ बैशाख २०७९, आईतवार १३:१४

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोड (सेबोन)सँग अनुमति मागेको छ । हाइड्रोपावरले ७ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो ।

बोर्डले अनुमति प्रदान गरेमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख कित्ता आइपीओ सर्वसाधारण र स्थानीय बासिन्दाका लागि निष्काशन गर्नेछ ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*