समृद्धि फाइनान्सका संचालक शिव लाल पुरीले दिए राजिनामा
१८ बैशाख २०७९, आईतवार १०:५१
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका संचालक शिब लाल पुरीले राजिनामा दिएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक पुरीले सो पदबाट राजिनामा दिएको जनाएको हो ।
कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको बैठकले संस्थाका सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक पुरीले व्यक्तिगत कारण देखाई दिएको राजिनामा स्वीकृत गरेको हो ।