मेरो कार्यकालमा नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण हुँदैनः अध्यक्ष सिलवाल

१८ बैशाख २०७९, आईतवार १२:०९

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आफ्नो कार्यकालमा बीमा समितिमा नयाँ लाइसेन्स वितरण नगर्ने प्रतिबद्धता पत्रकारहरु माँझ व्यक्त गरेका छन् । बीमा समितिको आर्थिक सहयोगमा आयोजित आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले भने, ‘मेरो पालामा लाईसेन्स वितरण हुँदैन ।’

बीमा समितिले नयाँ लघुबीमा, निर्जिवन बीमा कम्पनी तथा जीवन बीमा कम्पनीहरुलाई लाईसेन्स वितरण गर्ने चर्चा चलिरहेकै केला अध्यक्ष सिलवालले यस्तो प्रतिबद्धता जनाएका हुन् । बीमा समितिका अध्यक्ष सिलवालले नै यस्तो प्रतिबद्धता जनाए पछि केही राजनीतिक पहुँचका व्यक्ति तथा समुह र माफियाहरु बीमा समितिबाट लाईसेन्स दिलाईदिने भन्दै सेटिङ गर्न खोजिरहकाहरु भने तनावमा पर्ने भएका छन् ।

कार्यक्रममा अध्यक्ष सिलवालले सबै बीमा कम्पनीहरुले आगामी एक वर्षभित्रैमा चुक्ता पुँजि पुर्याउनु पर्ने र यसको कुनै विकल्प नभएको बताए । उनले आगामी वर्षदिनमा चुक्ता पुँजि पुर्याउन नसक्नेहरुलाई मर्जरमा जानुपर्ने बताए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपालमा बीमाको अहिलेको अवस्था, बीमा समितिले गरिरहेका कामहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यक्रममा नेपाल बीमक संघ, जीवन बीमक संघ नेपालका पदाधिकारीहरु, बीमा समितिका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*