इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
१८ बैशाख २०७९, आईतवार १८:३७
काठमाडौं । सरकारले इदमा सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुस्लिम समुदायले एक महिना लामो रोजा (ब्रत) सकिएपछि इद मनाउने गर्छन् । नेपालमा मंगलबारको दिन इद मनाइने भएको छ ।
आज चन्द्रमा नदेखिएकोले भोलि भने विदा हुने छैन । हिजो औशी भएकोले अब भोलि मात्रै औशीपछिको पहिलो चन्द्रमा देखिने हुँदा मंगलबार इद मनाइने निश्चित भएको छ । सरकारले गत वर्ष समेत इदको अवसरमा विदा दिएको र यस वर्ष समेत विदा दिने तयारी गरिरहेको जनाएको छ ।