आईपीओ निष्कासन गर्न लागेको काबेली हाइड्रोपावरले १६.३२ प्रतिशत लाभांश दिने

७ भाद्र २०८३, आईतवार १५:०६

काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले करसहित उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयवासीसहित सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न गत मंसिर ८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

प्रस्तावित लाभांशसहित विभिन्न प्रस्ताव पारित गर्न कम्पनीले भदौ २७ गते पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा बिहान १० बजे सभा सुरु हुनेछ ।

सभाले प्रस्तावित लाभांश पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू अनुमोदन गर्नेछ । त्यस्तै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत सभाले टुंग्याउनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १९ गतेदेखि सभा सम्पन्न नभएसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजका आधारमा भदौ १८ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*