सप्तरीमा तीन वर्षीया बालिका मृत फेला

७ भाद्र २०८३, आईतवार १४:२४

काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत फेला परेकी छन्।

स्थानीय इरफानकी छोरी सानिया खातुन आइतबार घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्। परिवारका अनुसार बिहान करिब ९ बजेसम्म उनी घरमै थिइन्। त्यसपछि बालिका सम्पर्कविहीन भएपछि परिवारले खोजी सुरु गरेको थियो।

खोजी गर्ने क्रममा घरबाट करिब ६० मिटरको दूरीमा रहेको झाडीमा सानियाको शव भेटिएको हो।

घटनाको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरीले घटनाको प्रकृति र कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। बालिकाको शव परीक्षणलगायत आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*