सरकारले भोलि ईद पर्वको अवसरमा सार्वजनिक विदा दिने

१९ बैशाख २०७९, सोमबार १६:०९

काठमाडौं । सरकारले भोलि ईद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र) परेकोले सरकारले विदा दिने गरेको हो ।

आज गृह मन्त्रालयले सार्वजनिक विदा बारेको सूचना प्रकाशन गरिसकेको छ । सूचनामा भनिएको छ ’नेपाल राजपत्रमा इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम उक्त बिदा वि.स. २०७९ बैशाख २० गते मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*