खराब कर्जा ह्वात्तै बढ्दा गुराँस लघुवित्तको नाफा ४८ प्रतिशतले घट्यो

२० बैशाख २०७९, मंगलवार ११:३८

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफामा उच्च गिरावट आएको हो । यस आवमा लघुवित्तको खुद नाफा ४७.९३ प्रतिशतले घटेको हो । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड १ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको गियो ।

त्यस्तै, चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी १०.१७ प्रतिशत घटेर ४ करोड ८३ लाख १३ हजार रुपैयाँमा सीमित हुन पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ३७ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ४६.४५ प्रतिशत घटेर १ करोड ६५ लाख २१ हजार रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी र संचालन मुनाफा दुवै घटेको कारण लघुवित्तको नाफामा भारी गिरावट आएको हो ।

समिक्षा अवधिसम्ममा लघुवित्तको चुक्ता पूँजी १६.९१ प्रतिशत बढेर ९ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार १९.१८ प्रतिशत घटेर ३ करोड ९ लाख ५ हजार रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, बैंंक तथा वित्तीय संस्थाबाट सापटि रकम २६.५८ प्रतिशत बढेर ८९ करोड ७६ लाख ३० हजार रुपैयाँ लिई १ अर्ब २८ करोड ६९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । निक्षेपक संकलन ३५.४५ प्रतिशत बढेर २७ करोड २४ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १७.९९ रुपैयाँ घटेर १४ रुपैयाँ ३८ पैसामा सिमित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ७ पैसा रहेको छ । साथै गत आवमा ०.०७% मात्रै रहेको खराब कर्जा यस अवधिसम्ममा ह्वात्तै बढेर ४.८३% बृद्धि भएको छ । यसकारण पनि लघुवित्तले नाफामा सुधार गर्न नसकेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*