एनसीसी बैंक अवकाश कोषद्धारा संचित बचतको ७६% लाभांश वितरण

२१ बैशाख २०७९, बुधबार ११:१३

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड अन्तर्गतको अवकाश कोषद्धारा संचित बचतको लाभांश वितरण गरेको छ ।
एनसीसी बैंक अन्तर्गत रही राष्ट्र बैंक र नेपाल सरकार आन्तरिक राजश्व विभागबाट स्वीकृति लिई विगत १९ वर्षदेखि छुट्टै युनिटको रुपमा संचालित उक्त कोषले देशभर रहेको आफ्नो १३९ शाखाहरु मार्फत् ७६ प्रतिशत लाभांश वितरण गरेको हो ।

कोषले गत वर्षको असार मसान्तसम्मको संचित बचतबाट सो प्रतिशत रकम जम्मा ३ करोड ७९ लाख ५० हजार ३९४ रुपैयाँ यस अवकाश कोषमा सहभागी कर्मचारीहरुलाई सोही अवधिको संचित अवकाश कोषमा रहेको मौज्दातको १ प्रतिशत लाभांश रकम कर्मचारीहरुकै सम्बन्धित कोष खाताहरुमा जम्मा गरिदिएको हो ।

उक्त कोषले विगत वर्षहरुमा पनि आफ्नो संचित बचत रकमबाट आफ्ना बचत कर्ताहरुलाई लाभांश वितरण गर्दै सबै व्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष १५ हजारसम्मको निःशुल्क औषधोपचार बीमा सुविधा प्रदान गर्दै आएको छ ।

बैंकले उक्त कोषमार्फत संचयकोष, अवकाश कोष, उपदान कोष, संचित विदा कोष लगायत अन्य कोषहरुको खाता खोल्ने संचित बचतको ९० प्रतिशतसम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीहरुको संचित कोष रकम फिर्ता भुक्तानी दिने जस्ता कार्यहरु समेत गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*