दोर्दी खोला जलविद्युतको आइपीओमा ६ सय ७७ जनाको आवेदन
काठमाडौं । दोर्दी खोला जलविद्युतले स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिरहेको छ । सीडिएसका अनुसार कम्पनीको आईपीओमा आज (बिहीबार) साँझ ५ बजेसम्ममा ६ सय ७७ जना लगानीकर्ताले एक करोड ३७ लाख २८ हजार रूपैयाँ बराबरको एक लाख ३७ हजार दुई सय ८० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।