स्थानीय तह सदस्य निर्वाचनको तयारीको लागि तिव्र तयारी

२४ बैशाख २०७९, शनिबार १७:१९

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को तयारीका लागि निर्वाचन आयोगका प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र दनिर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तिव्र रुपमा अगाडि बढाएको छ। नजिकिदै गरेको स्थानिय तहको निर्वाचनको लागि आयोगले अन्तिम चरणको समेत तयारी गरिसकेको छ।

ती कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका छन् । कतिपय जिल्लामा तालिम जारी रहेको छ भने कतिपय जिल्लामा
तालिम सम्पन्न भएको छ । कार्यालयहरूले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिब र वितरणको तयारी अन्तिम चरणमा पु¥याएका छन् । निर्वाचन सामग्री चाँडै मतदानस्थल र केन्द्रमा लगिनेछन् ।

सुरक्षाको प्रबन्ध, आचारसंहिता कार्यान्वयनको अनुगमन, नमूना मतदानको तयारीलगायतका काममा पनि ती कार्यालय जुटिरहेका छन् । प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् । प्रदेश निर्वाचन कार्यालय रहेका ठाउँमा जिल्ला निर्वाचन कार्यालय राखिएको छैन ।

नमूना मतदान गराइँदै दाब– लुम्बिनी प्रदेशको मुख्यालय रहेको दाब जिल्लामा प्रदेश निर्वाचन कार्यालयले निर्वाचनको तयारीलाई व्यवस्थित गरेको छ । सो कार्यालयका प्रमुख नारायण भण्डारीका अनुसार सबै मतदान केन्द्रका लागि निर्वाचन सामग्री प्याकिब भइरहेको छ । उनले वैशाख २४ गते जिल्लाको बंगलामुखी गाउँपालिकाको कमिरेपानीमा नमूना मतदान गराइएको बताउनुभयो । वैशाख २६ र २७
गते खटाइएका जनशक्तिलााई निर्वाचन सामग्री वितरण हुने जानकारी दिएका छन्

निर्वाचनका लागि दाबमा कर्मचारी तथा सुरक्षाकर्मी खटाउने तयारी थालिएको छ । मतदानस्थलमा खटिने कर्मचारीलाई जिम्मेवारी बाँडफाँट, अभिमुखीकरण, निर्वाचन प्रयोजनका सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको छ । निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी ६ हजारभन्दा बढी जनशक्ति परिचालन गरिने भएको हो। ३ हजार ६८८ कर्मचारी र ३ हजारको सब्ख्यामा सुरक्षाकर्मी गरी ६ हजार ६८८ जनशक्ति निर्वाचनमा खटाइने छ ।

निर्वाचन कार्यालयका अनुसार दाबमा ४६१ मतदान केन्द्र छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*