सिद्धार्थ बैंकले संस्थापक शेयरधनीको शेयर बिक्री गर्ने

२५ बैशाख २०७९, आईतवार १२:३९

काठमाडौं । सिद्धार्थ बैक लिमिटेडले एकजना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयधरनी सञ्जय कुमार शारदाले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाउने भएको हो ।

उक्त संस्थापक शेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आइतबार (वैशाख २५ गते) बाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आइतबार (वैशाख २५ गते) को ३५ दिनभित्र सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*