सानिमा माई हाइड्रोपावरको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी साढे १४ रुपैयाँ

२६ बैशाख २०७९, सोमबार १२:२५

काठमाडौं । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअुनसार कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपग्दा कम्पनीको नाफा ३५.४६% ले बढेर ४५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ३३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, यस अवधिसम्म कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी ११.५१% ले बढेर ७४ करोड रुपैयाँ पुगेको छ । यसकारण पनि कम्पनीको खुद नाफामा सुधार देखिएको हो । गत वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ६६ करोड ३६ रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानीमा सुधार देखिएपनि यता अन्य स्रोतबाट हुने आम्दानी भने घटेको छ । गत वर्ष अन्य स्रोतबाट १ लाख रुपैयाँ आम्दानी गरेकोमा यो वर्ष ५१ हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी बढेर १४ रुपैयाँ ५७ पैसा पुगेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८३ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ८० पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*