झिनो अंकले बढेको शेयरबजारमा यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

२६ बैशाख २०७९, सोमबार १५:२४

काठमाडौं । यस साता एकाएक शेयरबजारमा हरियाली छाएको छ । केही महिनायता क्रमशः घटिरहेको शेयरबजार एकाएक बढ्दा लगानीकर्ताहरुमा केही उत्साह थपिएको छ ।

केही लगानीकर्ताहरुले शेयर माफियाहरुले आफुसँग भएको शेयर बिक्रीका लागि चलखेल गर्दै शेयर बजार बढाएको अड्कल गरिरहेका छन् भने केही लगानीकर्ताहरुले आगामी जेठमा बैंकहरुको ब्याजदर नबढ्न सक्ने कुराले पनि शेयरबजार बढ्न पुगेको प्रक्षेपण गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नरले आगामी जेठ महिनादेखि बैंकहरुको ब्याजदर अझै बढ्न सक्ने दाबी गरेकोले शेयर बजार प्रभावित बन्दै आइरहेको थियो । तर आगामी महिनादेखि बैंकहरुको ब्याजदर नबढ्ने हल्लाले शेयरबजार एकाएक बढ्न पुगेको धेरैजसोले अनुमान लगाइरहेका छन् ।

आइतबार १७ अंकले बढेको नेप्से परिसूचक आज १२.२७ अंकले बढेर २२६८.८४ विन्दुमा पुगेको छ । साथै नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ रुपैयाँको कारोबार भएको छ ।

तर शेयरबजार बढेपनि कारोबार रकम भने खासै बढ्न सकेको छैन । सिडिएस कार्यालयले जानकारी दिएबमोजिम १२ लाख भन्दा बढी धितोपत्र दोस्रो बजारमा कारोबार गर्नेहरुको संख्या भएतापनि पछिल्लो समयको कारोबार हेर्दा २ अर्बभन्दा माथि उक्लिन सकेको छैन । शेयर विज्ञहरुले यो समय शेयर किन्नका लागि पर्फेक्ट टाइभ भनेर भनेतापनि लगानीकर्ताहरुमा शेयर किनबेचका उत्साह देखिएको छैन । आफुसँग भएको शेयरपनि ‘होल्ड’ गरेर राखेको देखिएको छ ।

आजपनि कारोबार करिब पौने एक अर्बमा कारोबार सीमित हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको शेयर बढी खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ७ करोड ८३ लाख ५३ हजार ८९९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड ४ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको ४ करोड ९५ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ३ करोड ८६ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड ६९ लाख रुैपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*