चुनावको दिन सरकारले सार्वजनिक बिदा दिने

२६ बैशाख २०७९, सोमबार १७:१६

काठमाडौं । स्थानीय तहको चुनावका दिन सरकारले सार्वजनिक बिदा दिने भएको छ। मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको बताए। वैशाख ३० मा बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय छ।

त्यस्तै, उक्त निर्णय अनुसार मतदान केन्द्र रहेका विद्यालयमा तीन दिन पनि बिदा हुने यसअघि निर्णय भएको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*