शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

२७ बैशाख २०७९, मंगलवार १०:४७

काठमाडौं । शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ७७ हजार ७२० कित्ता सेयर लिलामीमा ल्याएकोमा उक्त शेयरमा आज (वैशाख २७ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ ।

आज मंगलबार दिउँसो २ बजेसम्म यो लिलामी सेयर भर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले वैशाख १९ गतेबाट सर्वसाधारण समूहको सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि यसमा आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*