एचआइडिसिएलको नाफा बढ्यो, इपिएस कति ?
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ६९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यस नाफा गत वर्ष भन्दा ८.९४% धेरै हो । गत वर्ष यस कम्पनीले ६३ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । यसले जलविद्युत आयोजनाहरुमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । ८ करोड रुपैयाँ विभिन्न कम्पनीका बण्डमा पनि लगानी गरेको छ ।
यसैगरी, ६ अर्ब ३९ करोड रुपैयाँ जलविद्युत कम्पनी निमार्ण गर्न कर्जा लगानी गरिएको कम्पनीको भनाई छ । गत वर्ष यसै अवधिमा यसले ३ अर्ब ९१ करोड लगानी थियो । चालु आवको तेस्रो त्रैमाससम्म एचआइडिसिएलले विभिन्न बैंकमा २ अर्ब ३५ करोड रुपैयाँ आवधिक बचत (टर्म डिपोजिट) गरेको छ । बाँकी ५० करोड ५७ लाख रुपैयाँ पनि बैंक निक्षेपमा बचत रहेको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १८ अर्ब ७० करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ९५ करोड रुपैयाँ छ । चैतसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी थोरैले घटेर ४ रुपैयाँ ९६ पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १६ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ पनि १०७ रुपैयाँ २३ पैसा छ ।