बरुण हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगको अनुमति
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट अनुमति प्राप्त गरेको छ । कम्पनीको आज नेप्से र धितोपत्र बोर्डमार्फत जानकारी गराउँदै आयोगबाट हकप्रद जारी गर्न अनुमति पाएको जनाएको हो ।
कम्पनीले आयोगबाट अनुमति पाएपश्चात् हकप्रद निष्काशनको लागि धितोपत्र समक्ष जानकारी गराउँदै प्रक्रिया अघि सारेको छ । हाइड्रोपावरले विद्युत नियमन आयोगमा १ः१ अनु्पातमा हकप्रद शेयरको सार्वजनिक निष्काशनको लागि अनुमति मागेको थियो ।
आयोगले कम्पनीको चुक्तापुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँको १ः१ अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीको सम्पूर्ण विवरण र प्रक्रिया हेरेर स्वीकृत दिएपश्चात् कम्पनीले सर्वसाधारणहरुमा शतप्रतिशत हकप्रद जारी गर्नेछ ।