ङादी ग्रुप पावरले १ करोड कित्ता हकप्रद निष्काशन गर्न आयोगबाट पायो अनुमति

२७ बैशाख २०७९, मंगलवार ११:१७

काठमाडौं । ङादी गु्रप पावरले हकप्रद शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले १ः२ अनुपातमा हकप्रद शेयरको सार्वजनिक निष्काशनको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरेकोमा आयोगले चुक्तापुँजी ७० करोड ६९ लाख रुपैयाँको १ः१.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

ङादी ग्रुप पावरले सिउरी न्यादी पावरको गत कात्तिक ११ मा हकप्रद शेयर निष्नकाशनको स्वीकृतिका लागि आयोगमा निवदेन पेश गरेकोमा आयोगमा छलफल हुँदा ङादी ग्रुप पावरले सिउरी न्यादी पावरको कुल अधिकृत जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको ५१% हिस्सा बराबरको शेयर लगानी गर्न ङादी ग्रुप पावरको कुल चुक्तापुँजी ७० करोड ६९ लाख को १ः१.५ को अनुपातमा १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले आयोगबाट स्वीकृति पाएपश्चात् नेपाल धितोपत्र बोर्डमार्फत् जानकारी गराएको छ । धितोपत्र बोर्डबाट सम्पूर्ण प्रक्रिया पुरा भई स्वीकृति प्राप्त भएपश्चात् कम्पनीले १ः१.५ को अनुपातमा हकप्रद शेयर जारी गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*