दोर्दी खोला जलविद्युतको आइपीओमा जेठ ५ गतेसम्म आवेदन दिन पाइने

२७ बैशाख २०७९, मंगलवार १२:०७

काठमाडौं । दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि वैशाख १३ गतेदेखि आइपीओ निष्काशन गरेकोमा अब उक्त आइपीओमा जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १० लाख ५४ हजार २६० कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दार्दी गाउँपालिकाका बासिन्दाहरुलाई उक्त आइपीओ जारी गरेको हो ।

जसअनुसार साविकको भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१ र ८) गाविसका बासिन्दाले आइपीओमा आवेदन दिन पाउनेछन् । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*