नेप्से अनलाइन ट्रेडिङ सिस्टमको स्तरोन्नतिका लागि पुनः आशयपत्र आह्वान
२७ बैशाख २०७९, मंगलवार १३:१९
काठमाडौं । नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को स्तरोन्नतिको लागि पुनः आशयपत्र (एकप्रेसन अफ इन्ट्रेस्ट, ईओआई) आह्वान गरेको छ ।आज एक सूचना जारी गर्दै नेप्सेले आह्वान गरेको हो । नेप्सेले जेठ ११ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । नेप्सेले आशयपत्र आएपछि तिनीहरुको मुल्यांकन गरि उत्कृष्ट ६ वटा कम्पनीसँग प्राविधिक र आर्थिक प्रस्ताव माग गरिने जनाएको छ ।प्राविधिक र आर्थिक प्रस्तावको मुल्यांकनपछि ति ६ मध्ये उत्कृष्ट मध्ये १ कम्पनीले उक्त ठेक्का पाउने छ ।
आशयपत्र मुल्यांकन गर्दा नेप्सेले जनशक्तिको योग्यता र अनुभवलाई ४० प्रतिशत, कम्पनीको अनुभवलाई ४० प्रतिशत, र कम्पनीको क्षमतालाई १० प्रतिशत अंकको आधारमा मुल्यांकन गरिने छ ।