शेयरबजारमा छायो हरियाली, ४४ अंकले नेप्से बढ्दा १३ उपसूचक नै चम्कियो, बीमा समुहको सर्वाधिक

२७ बैशाख २०७९, मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा ४४ अंकको बढोत्तरी भएको छ । यससाता क्रमशः शेयरबजार उकालो लागेको छ ।

बैंकहरुको ब्याजदर बढ्न सक्ने विषयले प्रभावित बन्दै २२ सयको विन्दुमा झरेको नेप्से इन्डेक्स आज बढेर २३१३ को विन्दुमा पुगेको छ । नेप्से परिसूचक आज ४४.१६ अंकले बढ्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनेबच हुँदा १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँको कारोबार भएको छ ।

केहीमहिनायता क्रमशः घट्दै आइरहेको शेयरबजारमा यस सातादेखि एकाएक उकालो लागेको छ । लगानीकर्ताहरुमा शेयरबजार एकाएक किन बढ्यो भन्ने कौतुहलता पैदा भएको छ । कताकतै बैंकहरुको ब्याजदर नबढ्ने हल्लाले शेयर बजार उकालो लागेको शेयर लगानीकर्ताहरुको भनाई छ ।

आज नेप्सेमा रहेका १३ उपसूचकमा नै हरियाली छाएको छ । आज सर्वाधिक जीवन बीमा समुहको २३६.८१ रुपैयाँ र निर्जिबन बीमा समुहको १२४.०५ रुपैयाँले बढेको छ । पछिल्लो समय नेप्से घट्दा सर्वाधिक बीमा समुहको घट्ने र बढ्दा बीमा समुहकै बढ्ने देखिएको छ । बीमा कम्पनीहरुको चुक्तापुँजी बृद्धिको विषयले एकाएक बीमा कम्पनीको शेयर आज बढेको देखिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*