हकप्रद जारी गर्न अनुमति पाएसँगै ङादी ग्रुप पावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

२७ बैशाख २०७९, मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । क्रमशः घट्दै आएको नेप्से यससातादेखि एकाएक बढ्न थालेको छ ।

बैंकहरुको ब्याजदर बढ्न सक्ने विषयले प्रभावित बन्दै २२ सयको विन्दुमा झरेको नेप्से इन्डेक्स आज बढेर २३१३ को विन्दुमा पुगेको छ । नेप्से परिसूचक आज ४४.१६ अंकले बढ्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनेबच हुँदा १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजार बढेपनि कारोबार रकम भने खासै बढ्न सकेको छैन । धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या थपिँदै गएपनि काराबोर खासै सन्तोषजनक देखिएको छैन ।

आज पनि १ अर्ब रुपैयाँमाथिको कारोबार हुँदा सर्वाधिक ङादी ग्रुप पावरको भएको छ । कम्पनीको आज एकैदिन ९ करोड ९८ लाख ३ हजार ७० रुपैयाँको कारोबार भएको छ । कम्पनीले आज १ करोड भन्दा बढी कित्ता हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएसँगै लगानीकर्ताहरुले सो कम्पनीको शेयर खरिद गरेको देखिएको हो ।

त्यस्तै दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको ४ करोड २५ लाख, एनिटिसीको ३ करोड ८२ लाख, बरुण हाइड्रोपावरको ३ करोड ७४ लाख र नबिल बैंकको ३ करोड ६८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*