आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर आज खोलिदैं

२८ बैशाख २०७९, बुधबार ०६:५२

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा प्राप्त शिलबन्दी आज खोलिदैछ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज कार्यालय नक्साल काठमाडौंमा बिहान ८.२३० बजे गोप्य शिलबन्दी बोलपत्र खोलिने भएको छ ।

कम्पनीले बैशाख १२ गतेदेखि बैशाख २१ गतेसम्म ९१ हजार १९५ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको थियो । कम्पनीले संस्थापक समूहको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ९३४ कित्ता शेयर गरी कूल ९१ हजार १९५ कित्ता शेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको थियो ।.कम्पनीको हकप्रद बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*