राधी विद्युत कम्पनीलाई ९५ करोड ३५ लाख रुपैयाँको हकप्रद जारी गर्न आयोगको अनुमति

२८ बैशाख २०७९, बुधबार १०:०७

काठमाडौं । । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीलाई १ः१.४७५२ को अनुपातमा हकप्रद निष्काशन गर्न आयोगले स्वीकृति दिएको हो ।

कम्पनीले कसुवा खोला हाइड्रोपावरको कुल शेयर पुँजी २ अर्ब २० करोड ३ लाख रुपैयाँको ५१ प्रतिशत हिस्सा बराबरको १ अर्ब १२ करोड २१ लाख रुपैयाँ मध्ये ९५ करोड ३५ लाख ७६ हजार रुपैयाँ बराबरको शेयर लगानी गर्न राधी विद्युत कम्पनीको कुल चुक्तापुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १ः१.४७५२ को अनुपातमा हकप्रद जारी गर्न अनुमति पाएको हो ।

आयोगले वैशाख २७ गते राधी विद्युत कम्पनीलाई सो अनुपातमा हुने ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको हकप्रद जारी गर्न स्वीकृति दिएको हो । आयोगबाट अनुमति पाएपश्चात् कम्पनीले धितोपत्र बोर्डसमक्ष हकप्रद जारी गर्न प्रक्रिया अघि बढाउनुपर्नेछ ।

कम्पनीले बोर्डमा आयोगले अनुमति दिएको जानकारी गराइसकेको छ । बोर्डले सबै प्रक्रिया हेरेपश्चात् कम्पनीलाई हकप्रद जारी गर्न अनुमति दिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*