आम्दानी बढ्दा अरुण भ्याली हाइड्रोपावरको नाफामा सुधार, इपिएस कति ?
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ ।
कम्पनीले सो अवधिसम्म आइपुग्दा ९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४०.१७ प्रतिशतले बढी हो । गत वर्ष यसले ७ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ६२.८७ प्रतिशतले बढेर ९ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले विद्युत बिक्रीबाट ४ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी पनि ६ करोड ८२ लाख रुपैयाँबाट बढेर ७ करोड ५६ लाख पुगेको छ । यसले गर्दा नाफा वृद्धि गर्न सहयोग पुगेको देखिएको हो ।
हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ करोड २ लाख ८० हजार रुपैयाँ संचित रहेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ २७ पैसा छ ।